शुक्रबार, चैत्र १६, २०८०

आजबाट देशभर एकसाथ काङ्ग्रेसको प्रथम चरणको जागरण अभियान शुरु हुँदै

काठमाडौ बैशाख २५ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आजबाट देशभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । चरणमा सम्पन्न हुने प्रस्तुत अभियानको प्रथम चरणको कार्यक्रमका लागि काठमाडौँमा पार्टी सभापति शेरबहादुर देउवाले र अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय प्रतिनिधिहरुले उद्घाटन र्ने कार्यक्रम तय भए अनुरुप सबै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत आ आफ्नो जिम्मेवारी सहित जिल्ला खटिसकेका छन ।

त्यस्तै अभियानको प्रथम चरण अन्र्तगत ७७ जिल्लामा आज बैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ भने दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा भाद्र २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने बताईएको छ । त्यस्तै तेस्रो चरण अन्र्तगत ७५३ स्थानीय तहमा पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन काँग्रेस मुख्यालयले जनाएको छ ।

साथै अभियानकै क्रमम सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । जसअनुसार सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं ५ को रुपन्देहीमा महामन्त्री डा शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने भएको छ ।

त्यस्तै कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशैभर एकैप्रारुपको रहनुको अलावा कार्यक्रमको शुभारम्भ विगतको जस्तो भड्किलो नभइ विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्यसंगै समापन गर्ने भएको छ । साथै नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण एवम् १२ वटा विभिन्न भाषामा पार्टीको जागरण गीतको व्यवस्था सहित अभियानलाइ सटिक लक्ष्यअनुरुप सञ्चालन गरिने काँग्रेसको यसपटकको तयारी प्रभावकारी रहने आंकल गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।