बिहिबार, चैत्र १५, २०८०

आगलागीका कारण ५० करोडको भौतिक क्षति,पिडानद्दारा दु:ख व्यक्त

फ्लोअप:  काठमाडौं जेठ ६, रुपन्देही वडा नम्बर १ खुन्सास्थित औषधि उद्योग एसियन फर्मास्युटिकल्स प्रालिमा भएको भिषण आगलागीका कारण करिव ५० करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान रहेको कम्पनीका मार्केटिङ म्यानेजर दीपेश प्रधानले जानकारी दिनु भएको छ । मार्केटिङ म्यानेजर प्रधानसंग सम्पर्क गर्दै विस्तृत विवरण लिने क्रममा उहाँले भने क्लोजिङ्गको समय भएका कारण करिव ५/ ६ महिनाको लागि खपट हुँने उत्पादित औषधि स्टोरेज भएको भवनमा आगलागी  भएका  कारण नष्ट भएको जानकारी दिदै आगलागीको समयमा  कम्पनीको नियमित स्टाफ अफिस आवरपछि फर्किसकेको र ४/ ५ जना ओभर टाइमका स्टाफ मात्र कार्यरत रहेको बताउँदै विद्युत शर्ट भई आगलागी भएको हुन सक्ने अनुमान रहेको बताउँनु भएको छ ।

यद्यपी आगलागिका कारण निकै ठूलो क्षति भईसकेको र थप क्षति हुन नदिन प्रयास सहितआगो नियन्त्रणका लागि नेपाल आर्मी ,नेपाल प्रहरी, सशस्त्र प्रहरी वारुणयन्त्र र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको जानकारी दिदै विस्तृत क्षतिको विवरण आउँन समय लाग्ने बताउनु भएको छ ।

यसैवीच औषधि उद्योग एसियन फर्मास्युटिकल्स प्रालिमा भएको भिषण आगलागी र आगलागीका कारण भएको परिणात्मक भौतिक क्षति प्रति नेपाल औषधि थोक व्यवसायी संघ ( पिडान)ले दु:ख व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले अवेर साँझ जारी गर्नु भएको विज्ञप्तिमा औषधि कम्पनी भएको आगलागीका कारण ठूलो परिणाम बजारमा आउँने तयारीमा रहेको उत्पादित औषधि जलेर नष्टभएसंगै औषधि उपभोक्तामाझ औषधिको अभाव खटकिने संभावना रहेको उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।