शुक्रबार, चैत्र १६, २०८०

अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई खाध्यान्न सहयोग

काठमाडौं जेठ १७,  इकोम मिस एसर्ईई प्रदेश १ का सहभागीले आज अपाङ्ग बाल सरोकार केन्द्र अर्जनधारामा आश्रित बालबालिकालाई खाध्यान्न तथा विभिन्न सामाग्री सहितको सहयोग हस्तान्तरण गरेका छन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्मेटको आयोजनामा सञ्चालित प्रतियोगिताका सहभागीले चामल, दाल, चाउचाउ, बिस्कुट, तुत पेष्ट, ब्रस लगायतका २० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनी नेतृत्वको टोलीले उक्त सामाग्री अपाङ्ग बालबालिका लाई हस्तान्तरण गरेको हो ।

प्रतियोगिहरुले बिर्तामोड बजारकाचौक चौकमा चटपटे पानीपुरी लगायतका सामाग्री बिक्री गरेर १५ हजार रुपैँया संकलन गरेका थिए । संकलित रकममा ५ हजार संस्थाले थपेर खाध्यन्न खरीद गरेको निर्देशक पुडासैनीले जानकारी दिनु भयो । सौन्दर्य प्रतियोगिता मार्फत सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न यस किसिमको कार्यक्रम गरिएको बताइएको छ । प्रदेश १ बाट ३४ जना किशोरी सहभागी प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते चारपाने स्थित फोरसिजन पार्टी प्यालेसमा हुने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।