शुक्रबार, कार्तिक २९, २०७६
अन्तरवार्ता ताजा

संस्कृति संरक्षणका लागि कुमारीको नामबाट प्रदेशको नामाकरण : प्रदेशसभा सदस्य डंगोल

काठमाडौ बैशाख १२,  जीवन डंगोल नेपाली काँग्रेसको तर्फबाट प्रदेश न ३ का प्रदेश सभा सदस्य हुनुहन्छ । मुलुक संघीय प्रारुपमा परिवर्तन हुँदै गठन भएको ७ प्रदेश मध्ये प्रदेश सरकारले प्रदेशसभा गठन भएको लामो सम्मपनि सर्व स्वीकार्य रुपमा प्रदेशको राजधानीको निक्र्यौल र त्यसको नामाकरण गर्न नसकिरहेको अवस्था जगजाहेरनै छ । यसवीचमा प्रदेशको नामाकरण लागि यो वा त्यो नाममा हुँदै गरेको बहसका वीच प्रदेशसभा सदस्य जीवन डंगोलले प्रदेशको भौगोलिक बनावट अनुरुप प्रदेश न. ३ लाइ कुमारी प्रदेशको नामाकरणबाट विभुषित गर्न सकिने र प्रस्तुत नाम सर्वस्वीकार्य हुने जनाउ दिदै वहस शुरु गर्नु भएको छ ।

प्रदेशसभा सदस्यको डंगोलको प्रस्तुत अभिव्यक्तिका सवालमा अनेकन टिकाटिप्पणी नभएको भने होइन । यद्यपी उहाँले यसको औचित्य प्रष्टाँउदै एक पृथक किसिमको बहसलाइ प्राथमिकरण गर्दै आउँनु भएको छ ।  सत्तारूढदल नेकपाको दुईतिहाइभन्दा बढी बहुमत रहेको प्रदेशसभाको संरचनामा लाइ दृष्टिगत गर्ने हो भने सासंद डंगोलको प्रस्तुत बहसले किमार्थ सम्बोधन हुने लक्षण् नभए पनि नेकपाको बहुमतका वावजुद   नामाकरणको सवालमा अर्णियको बन्धक रहेको प्रदेश न ३ मा उहँले जुन बहस शुरु गर्नु भएको छ त्यो आफैमा तारिफयोग्य रहेको छ ।

वास्तवमा भन्ने हो भने नेपाल हिन्दु र बौद्ध धर्मको अनौठो संगमस्थल हो। भगवान विष्णुको अवतारका रूपमा बुद्धलाई र देवी तुलजा भवानीलाई बौद्ध रीतिअनुसार कुमारीका रूपमा पुजिने प्रदेश न ३ मा तत्कालीन मल्लकालदेखि शाहवंशीय राजा पछिल्लो समय मुलुक गणतान्त्रिक भइसेको अवस्थाकावीच पनि कुमारीको स–सम्मान पूजा उपासना हुनु र राजकीय सम्मानका साथ देवीको जात्रा परम्परा अक्षुण्ण राखिनु बर्सेनि कुमारी जात्रा र राष्ट्रिय महान चाड दशैंको उपलक्ष्यमा देवी कुमारीका हातबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा रहनु भनेको विश्वमै दुर्लभ परम्परा भएको र यहि परम्पराले नेपालको जातीय सहिष्णुताका रूपमा पनि काम गरिरहेको उहाँको दावी रहेको छ।

 

यसवीचमा प्रदेशको नाम नेवा–ताम्सालिङ, नेपाल मण्डल,बाग्मती, पशुपति प्रदेश हुनुपर्ने बताउँदै गर्दा समेत तार्किक निष्कर्षमा पुग्न नसकेको अवस्थामा सासंद डंगोलले सवैको अपनत्वको लागि प्रदेशको नाम कुमारी प्रदेश राख्नु आफैमा सरकारात्क हुने बताउँदै आउँनु भएको छ । यसैवीच हामीसंगको साक्षात्कारको क्रममा प्रदेश सासंद डंगोललाइ जिज्ञासा राख्दा उहाँले संक्षिप्त प्रारुपमा भने प्रदेशको पहिचानका लागि आफुले प्रस्तुत बहस शुरु गर्दै कुमारी प्रदेश नामाकरण गर्दा सबैभन्दा उपयुक्त हुने सुझाब दिएको बताइन । साथै उहाँले कुमारी संस्कृति धार्मिक एकताको प्रतीक एवम् विश्वकै एक मात्रै जीवितदेवी कुमारीका नाममा प्रदेशको नामाकरण गर्दा नेपालको मौलिकता विश्वभर थप प्रचार हुने, हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको आस्था तथा संस्कृतिको प्रतिनिधित्व हुने दावी समेत गरिन ।

वास्तवमा भन्ने हो भने नेपाल हिन्दु र बौद्ध धर्मको अनौठो संगमस्थल हो। भगवान विष्णुको अवतारका रूपमा बुद्धलाई र देवी तुलजा भवानीलाई बौद्ध रीतिअनुसार कुमारीका रूपमा पुजिने प्रदेश न ३मा तत्कालीन मल्लकालदेखि शाहवंशीय राजा पछिल्लो समय मुलुक गणतान्त्रिक भइसेको अवस्थाकावीच पनि कुमारीको स–सम्मान पूजा उपासना हुनु र राजकीय सम्मानका साथ देवीको जात्रा परम्परा अक्षुण्ण राखिनु बर्सेनि कुमारी जात्रा र राष्ट्रिय महान चाड दशैंको उपलक्ष्यमा देवी कुमारीका हातबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा रहनु भनेको विश्वमै दुर्लभ परम्परा भएको र यहि परम्पराले नेपालको जातीय सहिष्णुताका रूपमा पनि काम गरिरहेको उहाँको दावी रहेको छ। यस कारण धार्मिक सहिष्णुता र सांस्कृतिक एकतामा विश्वास राख्ने हामी नेपालीका लागि जीवित देवी कुमारीको प्रतिष्ठा धेरै अर्थपूर्ण रहेको बताउँदै उहाँले भने यसअर्थमा नेपाली संस्कृतिमा जीवित देवीका रूपमा सम्मानीत देवी कुमारीको नामबाट प्रदेशको नामाकरण हुनु आफैमा गर्वको विषय भएको उहाँको भनाइ रहेको छ ।  त्यसैगरि तात्कालीन कुमारी अडडकारुपमा मुलकको शासन सत्ता समेत सञ्चालन हुद्यै आएको र पछिल्लो समय गणतान्त्रिक मुलुकको राष्टाध्यक्षसमेत बाट पनि विगतको परम्परालाइ कायम रादै आएको अवस्थालाइ हेर्ने हो भने प्रदेशको नाम कुमारी प्रदेश नामाकरण गर्दा सबै जाति, लिंग, धर्म तथा समुदायको अपनत्व हुनुको अलावा संस्कृतिको संरक्षण हुने उहाँको अभिमत रहेको छ । (-वार्तामा आधारित)

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू