बुधबार, बैशाख १२, २०८१

लोकतन्त्र नेता र तिनका कार्यकर्ताको स्वार्थ पूर्तिको माध्यम नवनोस

जन बलिदानबाट प्राप्त लोकतन्त्र नेता र तिनका कार्यकर्ताको स्वार्थ पूर्तिको माध्यम बन्नु समग्रमा लोकतन्त्रको सफल भन्दा पनि असफल कारण बन्दै गएको हाम्रो बुझाइ रहेको छ ।

काठमाडौं बैशाख ११,  आज बैशाख ११ अर्थात २०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलनको वलमा २०६३ साल बैशाख ११ गते विघटित संसदको पुनस्थापनासंगै लोकतन्त्र पुनर्वहालीका भएको दिन ।  तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेस, नेकपा एमालेसहितका तात्कालीन सात दल विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग सहित
नेपाली जनताले लोकतन्त्रका लागि नेपाली जनताको अभूतपूर्व प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा २५ जना नेपाली सपूतको जीवनको आहुतीसंगै मुलकमा प्रजातन्त्र पुर्नस्थापना भएको दिन । लोकतन्त्र प्राप्तिको १३ वर्षको यस दौरानमा संविधान सभाका दुई दुई वटा निर्वाचन भए भने देशले संविधान सभा मार्फत नयाँ संविधान पनि प्राप्त गर्यो । देश ३ तहको सरकार सहितको संघीय लोकतान्त्रिक गणतान्त्रीक व्यवस्थाको अभ्यास रहेको अवस्थाको वावजुद पनि मुलककमा लोकतन्त्रको अझै संस्थागत विकासको वातावरण बनन सकेको अवस्था छैन ।

जनताको चाहना तथा सपना भनेको नै विकास र समृद्धि सहितको यत्र तत्र सर्वत्र शान्ति सुरक्षा हो । विकासको साथमा रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, भ्रष्टाचारमुक्त समाज ,हत्या हिंसा बलात्कार रहित समाजप्रतिको चाहना यो १३ वर्षको दौरान अझै सम्बोधन हुन नसक्नु आफैमा राम्रो लक्षण होइन । यद्यपी मुलुकमा दुइ तिहाइको नेकपा नेतत्वको सरकार बनेको छ ।

यसवीचमा नागरिकको चाहना पूरा हुनु पर्ने हो तर बढ्दो नेता र कर्मचारीकाको अराजकताका कारण नागरिक वाक्कदिक्क मात्रै होइन, निराश हुँदै गएको बोध गर्न सकिन्छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको सरकारका वावजुद पनि जनताले लाकतन्त्रको अनुभूत गर्न नपाउँनु र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र नेता र तिनका कार्यकर्ताको स्वार्थ पूर्तिको माध्यम मात्रै बन्नु समग्रमा लोकतन्त्रको सफल भन्दा पनि असफल कारण बन्दै गएको हाम्रो बुझाइ रहेको छ ।  त्यसअर्थमा जनतामा छाएको निराशालाई बेलैमा चिर्न नसक्ने हो भने लोकतन्त्रको भविष्यमाथि नै कालो वादलको संकेत देखा पर्न थालको हामीलाइ लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।