बिहिबार, बैशाख १३, २०८१

बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ : डा.भट्टराई

डा. भट्टराईले भने– हामी चुक्यौं

काठमाडौं वैशाख १२,  वर्ष ०७२ वैशाख १२ मा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्प आज ४ वर्ष भएको छ । गोरखाबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराई गोरखा भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको बताउँनु भएको छ ।

डा।भट्टराईले आज ट्वीट गर्दै भनेका छन्, ‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ भैरहेछ । बारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु । तर यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौं त ! घले/गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो !हामी चुक्यौं भन्दै ट्वीटको अन्त्यमा उहाँले ‘सरी बारपाक’ लेख्दै आफ्नो अनुभूति सार्वजनिक गरेको हो ।

स्मरण रहोस महाभूकम्पका कारण पारक पार्क र आसपासका क्षेत्रमा समेत गरि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनेसंगै बारपाकका बस्तीको रुप नै फेरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।