शुक्रबार, चैत्र १६, २०८०

१३ औं दक्षिण एसियाली खेलकुदको मिति अव सर्दैन : सम्वद्ध अधिकारी

काठमाडौ फागुन २१, आवश्‍यक भौतिक पूर्वाधारको निर्माणकार्य समयमा सम्पन्न हुन नसक्दा नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद सागको मिति तेस्रो पटक सरेको छ।

यसैक्रममा नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पुर्वाधार समयमा सम्पन्न नभएको र आन्तरिक समस्या देखिएको भन्दै नयाँ मिति तय भएको जानकारी दिएको छ। मार्च १ मा थाइल्याण्डको राजधानीमा बैंककमा बसेको दक्षिण एशिया ओलम्पिक काउन्सिलको बैठकले नयाँ मिति तोकेको ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यसपटक प्रस्तावित मितिमा सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयको पत्राचार पछि दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले नयाँ मिति तय गरेको जानकारी दिदै नयाँ मिति अनुसार एसियाली खेलकुद डिसेम्बर १ देखी १० सम्म हुने समपन्न हुँने बताउँनु भएको छ।

त्यस्तै दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले एसियाली खेलकुदमा २७ खेल समाबेस गर्ने निर्णय गरेको छ। आयोजक नेपालको क्रिकेट र प्याराग्लाइडिङ् समावेश गर्ने प्रस्तावलाई बैठकले पारित गरेको हो। यसअघि २५ खेल समावेश गर्ने बताइए पनि क्रिकेट र प्याराग्लाडिङ् समावेश गर्ने भएपछि एशियाली खेलकुदमा २७ खेलमा प्रतिस्पर्धा हुने छ। पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सनाले नयाँ मितिमा एसियाली खेलकुद सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यसपटकको मितिमा नै सम्पन्न गर्नेगरी तयारी सुरु गरिएको बताए। , ढुक्क हुनुहोस यसपटकको मिति खेर जानेछैन। हामी समयमै सम्पन्न गर्न लागिपरेका छौं। युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाले एसियाली खेलकुद मन्त्रालय समयमै सम्पन्न गर्नका लागि प्रतिबद्ध रहेको बताए। राखेपका उपाध्यक्ष तिम्ल्सिनाले पूर्वाधारका विषयमा राखेप लागिरहेको बताए।

२०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले आयोजना गर्ने झण्डा ल्याएको थियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले झण्डा ल्याएपनि २०१८ मा पुर्वाधारकै कारण एशियाली खेलकुदको मिति २०१९ को मार्चमा गर्ने तय भएको थियो। अहिले पनि पुर्वाधारकै कारण देखाउँदै मिति तेस्रो पटक सारिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।