बिहिबार, बैशाख १३, २०८१

हेलिकप्टर दुर्घटना भव्यतव्य नभइ सुनियोजित भएको आशंका,उच्चस्तरीय छानबिन आयोगको माग

काठमाडौ फागुन १७ , काठमाडौं निर्वाचन क्षेत्र नं ४ (१) वाट प्रदेश न ३ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङमा गत बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको ज्यान जानेगरि भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व वा वहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्नुभएको छ ।

सासंद बैद्यले आज जारी गर्नु भएको विज्ञप्तिमा सडकमा गुड्ने सवारी चलाउँने चालकले त विविध विषयको हेक्का राख्दै ऐन नियमको पालना गर्छन भने हेलिकप्टर उडाउँदा कुनै ऐननियमको पालना गर्न नर्पर्ने भन्दै उहाँले प्रतिकूल मौसमप्रति सजग गराउँदा गराउँदै हेलिकप्टर उडाइएको र उडदा देखि विस्फोट हुँदा सम्मको भिडियो खिच्नुले प्रस्तुत घटना भव्यतव्य नभइ सुनियोजित देखिएको आशंका व्यक्त गर्नु भएको छ ।

त्यस्तै नेपाली राजनीतिका एक उदीयमान नेता एवम सरकारका जिम्मेवार मन्त्री सवार हेलिकप्टर क्याप्टेनले मौसम प्रतिकुल छ भन्दा भन्दै पनि हेलिकप्टर उडाउँन कसले बाध्य पार्यो जसले गर्दा मन्त्री अधिकारी सहित सात जनाको मृत्यु हुनपुगेको जनाउ दिदै दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर ढाकछोप गर्न खोजिएकोमा तिव्र विमति प्रकट गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।