बुधबार, बैशाख १२, २०८१

सामान्य प्रभाव वाहेक चौतर्फी नेपाल बन्दको अवज्ञा

काठमाडौं फागुन ३० , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल नेपाल बन्दको देशैभर केहि क्षेत्रमा सामान्य प्रभाव वाहेक चौतर्फी बन्दको अवज्ञा भएको समाचार प्राप्त भएको छ । विप्लव नेतृत्वको नेकपाद्दारा सरकारद्दारा आफ्नो पार्टी माथि लगाइएको प्रतिबन्धका कारण आज नेपाल बन्दको आव्हान गरेको हो ।

योे वा त्यो नाममा सधैको बन्दका कारण वाक्क दिक्क भएका नागरिकहरुले आ आफ्नो व्यापार व्यवसाय सवारीसाधान विधालय मात्र नभइ सार्वजनिक सख्यात्मकरुपमा कमैभएपनि सार्वजनिक यातायात समेत निर्वाद सञ्चाल गरेसंगै उपत्यका लगायतका क्षेत्रमा बन्दको सामान्य प्रभाव वाहेक खासै असर नपरेको बताइएको छ । यद्यपी  सरकारले राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालित गर्नुको अलावा  सर्वसाधारणको वाक्लो आवागमन हुने क्षेत्रमा भने सुरक्षा व्यवस्था कडा तुल्याईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।