रामचन्द्र प्रजापति, काठमाडौ फागुन २६, नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा डलरको खेती गर्ने मानवअधिकारीवादी तथा राष्ट्रको उलब्धी देख्न नसक्नेले सरकार र सिके राउतसँगको सम्झौताको विरोध गरेको बताउनुभएको छ ।
शनिवार नेपाल उद्योगी बाणिज्य महासंघले आयोजना गरेको छलफलका क्रममा संविधानत राष्ट्र, राष्ट्रियता, अखण्डता र स्वाधिनताको मूलधरमा ल्याउनु वर्तमान प्रधानमन्त्री केपी ओलीको ऐतिहासिक सफलता भएको बताउँदै सांसद बस्नेतले सिकेसँगको सरकारसँग भएको सम्झौता देशमा माओवादीसँगको शान्ति सम्झौता पछिको दोस्रो ठूलो उपलब्धी सिके राउतसँगको सम्झौता भएको बताउनुभयो ।
त्यस्तै सांसद बस्नेतले देशमा सिके राउतले पृथकतावादी आन्दोलन र विप्लप समूहले आतंककारी गतिविधि गरिरहेकोमा सिकेलाई राज्यको मूलधारमा ल्याउन सरकारले गरेको सम्झौताको विरोध गर्ने केही व्यक्ति वा संस्थाले आफुलाई भावुक र उग्रराष्ट्रवादीको रुपमा प्रस्तुत भई अनावश्यक एको भ टिप्पणी गर्दै भने ‘सक्नुहुन्छ भने संविधानत राष्ट्र, राष्ट्रियता, अखण्डता र राष्ट्रिय स्वाधिताको रक्षामा आवाज उठाउनुहोस्, काम गर्नुहोस्, यदि सक्नुहुन्न भने अरुले राष्ट्रियताको पक्षमा गरेका कामको समर्थन गर्नुहोस्, त्यति पनि सक्नु हुन्न भने चुप लागेर हेर्नुहोस्, वस्नुहोस्, अरुले गरेको ऐतिहासिक काममा अवरोध गर्ने घृणित कुचेष्ठा नगर्नुहोस् ।’
साथै उहाँले सिकेसँगैका २ नं। बुँदामा ‘जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेश लगायतका कतिपय ठाउँका मुद्धाहरु जनअभिमतका माध्यमबाट लोकतान्त्रीक पद्धतिबाट समस्या समाधान गर्ने’ भनि भएको सहमतिका सवालमा अनावश्यक रुपमा जनमत संग्रह गर्ने सहमति भयो भनि गर्नु हास्यास्पद भएको समेत बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता, अखण्डताका पक्षमा रहेर लोकतान्त्रीक विधि अपनाइने भनि १ नं. बुँदामा नै उल्लेख भइसकेको बताउँदै उपलब्धी देख्न नसक्नेले अनावश्यक टिप्पणी गरेको बताउनुभयो । उहाँले सिके र सरकारबीच भएको २ नं. बुँदामा रहेको जनअभिमत भनेको नै चुनाव भएको बताउँदै जनताले दिएको मत नै स्पष्ट रुपमा जनमत भएको समेत बताउनुभयो ।
लामो समयसम्मको राजनीतिक लडाईको अन्त्य भएसँगै देशमा स्थीरता आएको बताउँदै सांसद बस्नेतले समृद्ध नेपाल र सुखी नेपाली बनाउन पक्ष वा विपक्ष नभई सवै नेपालीहरु एक ढिक्का भई अघि बढ्नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा सार्क उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डी ढकाल तथा महासंघका अध्यक्ष भवानी राणाले सरकार र सिके राउतबीच भएको ऐतिहासिक सहमतिले आम नेपाली उद्योगी व्यवसायीको उन्नती र प्रगतिको ढोका मात्र नखोली उद्योगीहरुको भाग्य र भविष्यको निर्धारणको मूख्य आधार समेत तयार भएको बताउनुभयो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान