शुक्रबार, चैत्र १६, २०८०

सरकारी छाप कीर्ते गर्ने अभियुक्तत्रय पक्राउ

काठमाडौ फागुन १७,  महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने ३ जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौलाई बुझाइएको जनाएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौले भने पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौबाट म्याद थप गरी अनुसन्धान शुरु गर्ने तयारी गरेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।