शनिबार, बैशाख ८, २०८१

सरकारले आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल खेलेको प्रतिबन्धीत नेकपाका संयोजक चन्दको आरोप

काठमाडौं फागुन ३०,  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेपछि त्यसको प्रतिउत्तरमा आज नेपाल बन्दको आव्हान सहित नेत्रविक्रम चन्द विप्लवले बुधबार जारी विज्ञप्तिमा ओली सरकारले आफु नेतृत्वको नेकपालाइ राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक र हास्यास्पद निर्णय गरेको भन्दै विप्लवले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख गरेका छन ।

त्यस्तै विप्लवद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सरकारले हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल भएके बताउँदै हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार भएको जिकिर गरिएको छ ।

साथै विज्ञप्तिमा विप्लवले सरकारको रवैया अनुसारको जवाफ दिन तयार रहेको जनाउ दिदै पार्टी माथिको प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञासमेत दिएका छन् । त्यस्तैगरि क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीमाथि फासीवादी दमन, सत्ता लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केपी–बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘झापा विद्रोह र दश वर्षको महान् जनयुद्धका हुजारी शहीद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका बैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।

त्यस्तै केपी–बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपाली नागरिकलाई थाहा छ एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता, कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ।’ २०७२ सालको संविधान अस्वीकार गरेदेखि नै पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको भन्दै संसदीय चुनावहरूको बहिष्कार गरेपछि गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रिएको विप्लवले आरोप लगाएका छन्।

‘हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि गोली हानिएको छ।’ यसबीच सय जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको र झुठा मुद्दा लगाइएको आरोप विप्लवले लगाएका छन् ।विप्लवले अरुण ३, एनसेल, म्यानपावर सप्लाई कम्पनीमाथिको कारबाही आफूले नै गरेको बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।