शनिबार, बैशाख ८, २०८१

विश्व मिर्गौला दिवसको अवसरमा राजधानीमा किड्नी फाउन्डेशनको प्रभातफेरी

मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन/कानुनलाई सुधार गर्नुपर्नेमा जोड

काठमाडौं फागुन ३० , विश्व मिर्गौला दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरि मनाइदै छ। यसैक्रममा नेपालमा पनि किड्नी फाउन्डेसनले सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने मुल नारासहित राजधानीको दरबारमार्गबाट प्रभातफेरीको आयोजना गरेको छ । ग दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर समापन गरिएको प्रभातफेरीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेत सहभागिता रहेको थियो । सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सबैको लागि स्वस्थ्य मिर्गौला’  

प्रभातफेरिमा उद्योग स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेपाली, किड्नी फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उप्रेती,फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेत लगायतले मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने अभिव्यक्ति सहित मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन/कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको  फाउन्डेशनका  संयोजक गणेश उप्रेतीले जानकारी दिनु भएको  छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।