मङ्लबार, बैशाख ४, २०८१

रेन्बो इन्टरनेशनलको रजत महोत्सव

काठमाडौं फागुन २१ , पूर्व प्रधानमन्त्री झलनाथ खनालले निजी क्षेत्रबाट सञ्चालित विद्यालयका विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन र मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको र राज्यले पनि शिक्षा नितिमा समय सापेक्ष सुधार गर्दै गएको बताउनु भएको छ । रेन्बो इन्टरनेशनल बोर्डिङ मावि, डल्लु, काठमाडौँले स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व प्रम खनालले यस्तो अभिव्यक्ति दिनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी खनालले रेन्बो रजत महोत्सव अंकित झण्डा आकासमा उडाउँदै शुभारम्भ गर्नुको अलावा रेन्बो रजत स्मारीकाको विमोचनसमेत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी एवम् पूर्व मन्त्री नविन्द्रराज जोशीले रेन्बो स्कुलले २५ वर्ष देखि शिक्षामा ठूलो योगदान दिएको चर्चा गर्दै अभिभावक र विद्यालयवीचको समन्वय भएमा समग्र शिक्षाको गुणस्तर वृद्धि हुने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षडा. रामहरि ढकालको समाभपतित्वमा सम्पन्न रजत महोत्सव कार्यक्रममा नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा प्रा.डा. बालमुकुन्द रेग्मी, प्रा. नेत्र धिताल, प्रा. राजभाइ कर्मचार्य, मधुसुधन श्रेष्ठ, कामपा वडा न १५ का अध्यक्ष इश्वरमान डंगोल, कृष्ण सुवेदी, प्रा. रत्नलाल प्रधानलगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै प्रा.डा. शर्मा विद्यालयका पूर्व प्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनाल विद्यालयका प्राचार्य विनोदबाबु ढकाल लगायतले वोल्नु भएको उक्त प्रस्तुत कार्यक्रममा शैक्षिक एवम् अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो। त्यसै गरी २०७४ को एसईई जीपीए .४ ल्याउन सफल प्रथम छात्रा सिरपा महजर्नलाई सम्मानपत्र र नगद सहित पुरस्कुत गरिएको थियो ।
विभिन्न सांस्कृति र मनोरञ्जक प्रस्तुतिका साथै सुर्यमणी आचार्य, सुरेश ढकालजस्ता राष्ट्रिय स्तरका लोक दोहोरी कलाकारको प्रस्तुतिबाट कार्यक्रमका सहभागी, विद्यालयका विद्यार्थीको विभिन्न कला प्रस्तुतिबाट पनि रमाएका थिए।

रेन्बो इन्टरनेशनलको छत्रछाँयाभित्र त्रिभुवन विश्वविद्यालयका एमईडी (अंग्रेजी र इपीएम), एमबिएस, बिए, बिईडी, बिबिएस, बिसीएका साथै प्लस टुतर्फ मानविकी व्यवस्थापन शिक्षा र विज्ञानका कार्यक्रमहरु सञ्चालित छन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।