शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिको पूजाअर्चना एवम् दर्शन

(फाइल फोटो)

काठमार्डौ फागुन २१,  महाशिवरात्रीको पर्वका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरी दर्शन गर्ने परम्परा अनुरुप सोमवार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

महाशिवरात्रिका अवसरमा सोमवार बेलुकी राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पूजा एवं दर्शनका लागि पशुपतिनाथ दर्शनका लागि मन्दिर पुग्नुभएका उहाँहरुलाइ मन्दिरमा पूजा अर्चना पछि मूल पुजारी गणेश भट्टले प्रसाद वितरण गर्नुभएको थियो ।   त्यस क्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायतका पदाधिकारीले उहाँहरुलाइ मन्दिरमा स्वागत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।