मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ सनराइजको क्यास ब्याक योजना

काठमाडौ फागुन २१,  सनराइज बैकले भिसा सँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा रु. ५०० देखि रु. १,०००  सम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ ।

बैकद्दारा जारी विज्ञप्तिमा प्रस्तुत योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पिवोएस वा अनलाइन मार्फत कारोबार गरेमा रु. ५००  देखि रु. १,०००  सम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा रु. ५,०००  देखि रु. १०,००० सम्मको pos  वा online मा भएको कारोबारमा रु. ५००  क्यास ब्याक दिइने छ साथै रु. १०,०००  देखि रु. १५,०००  सम्मको कारोबारमा रु. ७५० क्यास ब्याक र रु. १५,०००  भन्दा माथिको कारोबारमा रु. १,००० क्यास ब्याक दिइने छ । यस योजनाले सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्घ रहेको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।