बिहिबार, चैत्र १५, २०८०

पश्चिमी वायुका कारण देशभरको मौसम बदली र वर्षाको समेत प्रवल सम्भावना

काठमाडौं फागुन ३० , मौसम पूर्वानुमान महाशाखालेआज एकाएक पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना औल्याउको छ ।

त्यस्तै महाशाखाले आज विहान जारी आगामी ३ दिने  मौसमको  पूर्वाअनुमान बुलेटिनमा पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यद्यपी बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भएपनि पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुने जनाउँदै शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाउनुको अलावा महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।