बिहिबार, बैशाख १३, २०८१

छाउनीमा भूकम्प स्मृति स्तम्भ निर्माण हुने

काठमाडौं चैत १७ , काठमाडौं क्षेत्र न.  ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिक वडा न.१५ स्थित छाउनीमा २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा भूकम्प स्मृति स्तम्भ निमांण हुने भएको छ ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले आज एक कार्यक्रमकावीच स्मृति र्पाकको शिलान्यास गर्दै भुकम्प लगायतका प्रकृतिक प्रकोपको समयमा समुदायको लागि खुल्ला पार्कको आवश्यकतालाइ मनन गर्दै पार्क निर्माणको क्रलाइ पतव्रता दिदै आफुले सार्वजनिक जग्गाको संरक्षणलाइ प्राथमिकता दिएको बताउनु भएको छ ।

शिलान्यास कार्यक्रममा कामपाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, कामपा १३ वडाका अध्यक्ष ध्रुवनारायण मानन्धर, १५ वडा सदस्यहरू आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन र डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु महर्जन लगायत स्थानीय जनसमुदायको उपस्थिति थियो ।

यसैवीच महानगरपालिक वडा न.१५ स्थित निपुहिती पार्कको समेत प्रतिनिधि सभा सदस्य श्रेष्ठबाट शिलान्यास गर्नु भएको थियो त्यसअवसरमा निपुहिती पार्कका संयोजक त्रिरत्न मानन्धर, निपुहिटि क्लबका अध्यक्ष ओंमकृष्ण श्रेष्ठ लगायत स्थानीय जनसमुदायको उपस्थिति थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।