शनिबार, बैशाख ८, २०८१

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा समस्या , उपचारको लागि ह्याम्स अस्पताल भर्ना

काठमाडौं चैत ८,  नेपाल सरकारका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा केहि समस्या देखिएपछि उहाँलाइ अस्पताल भर्ना गरिएको सूचना प्राप्त भएको छ ।

नेता सिटौलाको स्वास्थयमा लो प्रेसर भइ अचानक समस्या देखिएसंगै आज साँझ धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना गर्दै उपचार शुरु गरिएको र उहाँको आइसियुमा राखेर उपचार भइरहेको बताईएको छ । साथै उहाँको उपचारमा डा.भगवान कोइराला सहितको टिमले उपचार गरिरहेका जानकारी प्राप्त् भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।