शुक्रबार, बैशाख ७, २०८१

राप्रपा प्रजातान्त्रिक र ए.रा.प्र.पा.वीचको एकतासंगै राप्रपा संयुक्त अस्तित्वमा

काठमाडौ माघ १८, पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)वीच भएको एकीकरणको आज राजधानीमा आयोजित घोषणा सभामार्फत सार्वजनिक गरिएको छ ।

घोषणसभामा दिइएको जानकारी अनुसार हिन्दू राष्ट्र र साझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्रलाई वैचारिक नीति स्वीकार गर्दै अस्तित्वमा आएको राप्रपा ९संयुक्त० ले एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गर्ने त्यस्तै एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्ने लक्ष्य निर्धाण गरिएको छ । तर महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति कायम गरिएको छ ।

त्यस्तै पशुपतिशमशेर जबराले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त घोषणासभालाइ सम्बोधन गर्दै डा प्रकाशचन्द्र लोहनीले मुलुकमा हिन्दू र बौद्ध धर्मावलम्बीको पहिचान रहेकाले त्यो सभ्यतालाई कायम गरी देशलाई समृद्ध बनाउन पार्टी एकताको आवश्यकता रेको निष्कर्ष सहित पार्टी एकता गरिएको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031