शुक्रबार, बैशाख १४, २०८१

८सय४८ मध्ये सङ्घमा ८३६, प्रदेशमा ८ र स्थानीय तहमा ४ उपसचिवको समायोजन

काठमाडौ माघ २४, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरेको छ ।

यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको जनाउँदै मन्त्रालयले समायोजनका लागि अनलाइन फाराम भरेका आधारमा गरिएको ८४८ उपसचिवको समायोजन अन्र्तगत सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा ४ उपसचिवको समायोजन भएको जनाएको छ ।

त्यस्तै प्रस्तुत उपसचिवको समायोजनसंगै अव शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने जनाउँदै आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य मन्त्रालयको रहेको जनाउँदै सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन हुने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।