बिहिबार, बैशाख १३, २०८१

१२ हजार शाखा अधिकृतको समायोजन

 

काठमाडौ फागुन ६,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाका करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन हसन बाँकी रहेको जानकारी दिदै बाँकी शाखा अधिकृतको पनि छिटै समायोजन हुने बताउँनु भएको छ ।

यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।