मङ्लबार, बैशाख ११, २०८१

स्वरोजगारमूलक मिडियाको तर्फबाट ३ बुँदे माग सहित सञ्चारमन्त्री लाइ ज्ञापन

काठमाडौं माघ २९, नेपाल पत्रकार महासंघ अन्र्तगत गठित साना लगानीका मिडियाको हक हित तथा प्रवद्र्धन समिति सहित सरोकारवाला विभिन्न संघ तथा समितिको तर्फबाट स आज सूचना तथा सञ्चार प्रविधी मन्त्रीलाइ सञ्चारसचिव मार्फत ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाईएको छ ।

सूचना तथा प्रसारण विभागले गत माघ १८ गते जारी गरेको ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ले सिर्जना गरेको आतंकको सवालमा सोमवार महासंघ मुख्यालयमा भएको वृहत भेलाको म्यान्डेट अनुसार प्रस्तुत ऐनले स्वरोजगारमूलक मिडिया संचालनमा गम्भीर आघात पुग्ने ठहर सहित श्रमजीवी पत्रकार ऐन २०५१ को दफा २ (ख), दफा ३४ (ङ) र श्रमजीवी पत्रकार सम्बन्धी नियमावली २०५३ को दफा २४ (घ) समेतलाई ध्यानमा राखी पुनर्विचार गर्न माग गरिएको छ ।

त्यस्तै ज्ञापनपत्रमा उठान गरिएको ३ बुँदे माग अन्र्तगत श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ११ बमोजिम गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफरिस समेतका आधारमा ‘सबै सञ्चार प्रतिष्ठानहरुमा’ भन्ने शब्दको सट्टा स्वरोजगारमूलक सञ्चारमाध्यममा सो परिपत्र लागू नहुने व्यवस्था गर्न त्यस्तै स्वरोजगारमूलक भन्नाले साना लगानीमा संचालन भएका सञ्चारमाध्यमलाई जनाउने छ भनी व्याख्या गर्दै ५ जनासम्म कार्यरत सञ्चारमाध्यममा यो लागू नहुने भनी व्याख्या गर्न र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागु गर्न वा तत्काल लागु नभएमा हाल दिँदै आएको लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउँन माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ साना लगानीका सञ्चारमाध्यम हकहीत प्रवद्र्धन समितिका संयोजक गोविन्द चौलागाइ ,डिजिटल मिडिया समितिका संयोजक लेखनाथ न्यौपाने, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष,नारनकुमार दाहाल, छापामाध्यम राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठी, पत्रपत्रिका अधिकार मञ्चका अध्यक्ष देवेन्द्र चुंडाल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी र पत्रकार महासंघ काठमाडौं भक्तपुर  र ललितपुरका अध्यक्षले हस्ताक्षर गर्नुभएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031