शुक्रबार, बैशाख ७, २०८१

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ बर्षसम्म जेल सजाय हुने

काठमाडौं फागुन २,  सामाजिक संजाल(फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्रा ग्राम) लगायत लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ । यसअघि सामाजिक संजाल नियमन नगर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो ।

सरकारले बुधबार संसद सचिबालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैंयाँसम्म जरिवाना र ५ बर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको हो ।

विद्युतीय कारोबार ऐनलाई खारेज गरेर यो कानुन ल्याउन लागिएको हो । विधेयकमा सामाजिक संजालबाट कुनै ब्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, घृणा तथा द्वष उत्पन्न गराउने र सूचना प्रापकलाई भ्रममा पार्न नपाइने उल्लेख छ ।

यस्तो कार्य गरेमा १५ लाख रुपैंयाँसम्म जरिवाना वा पाँचबर्षसम्म कैद वा दुवै सजाय हुनेछ । विक्री वितरण गर्न प्रतिबन्ध गरिएका सामाग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्नसमेत रोक लगाइएको खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031