बिहिबार, बैशाख १३, २०८१

सहायक रजिष्ट्रार पन्थीविरुद्ध मुद्दा दायर

काठमाडौ माघ २३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँमा रहेको एक निजी विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बाहनामा सेवाग्राहीसँग पन्थीले रु एक लाख घुस मागेको अभियोग लागेको छ ।

आयोगको टोलीले सहाक रजिष्ट्रार पन्थीलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सहायक प्रवक्ता मदन कोइरालाले जानकारी  दिनुभयो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।