शुक्रबार, बैशाख १४, २०८१

सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा मगरदाजुभाइ पक्राउ

काठमाडौ फागुन १२,  महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मगरदावुभाइद्दयले   नक्कली छाप र लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको अधारमा प्रहरीले पक्राउ परेको अभियुक्तद्दयको कोठमामा छापा मार्नेक्रममा कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध सहित विभिन्न सरकारी कार्यालयका छाप तथा विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरुसमेत बरामद गरेको जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।