बिहिबार, बैशाख १३, २०८१

सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी सम्झौता

काठमाडौ फागुन १ , सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी. लगायतका सम्पूर्ण राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको उक्त सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।