शनिबार, बैशाख ८, २०८१

शिक्षक बनाइदिने भन्दै रु १ लाख घुस लिने विव्यसका सदस्य चोवे पक्राउ

काठमाडौ फागुन १२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक जागिर लगाइदिने भन्दै घुस लिएको अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चोवेलाई पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा विद्यालयले विज्ञापन गरेको अङ्ग्रेजी विषयको माध्यमिक विद्यालय तहको अनुदान शिक्षक दरबन्दीमा विद्यालय व्यवस्थापन समितिका सदस्य चोवेले जागिरका आकंक्षी एक युवकसँग रु एक लाख घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले निजलाइ शनिबार पक्राउ गरेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगद्दारा जारी अर्को विज्ञप्तिमा सप्तरीको साबिक खोक्सर प्रवाहा गाविसका तत्कालीन गाविस सचिव कृष्णबहादुर दाहाल समेतले गाविसका लागि निकासा भएको सरकारी अनुदान रकमको स्रेस्ता बरबुझारथ, लेखापरीक्षणसमेत नगरी रु पाँच लाख ३३ हजार ८०० बराबरको हिनामिना गरेको अभियोगमा आज मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।