बिहिबार, चैत्र १५, २०८०

वीपी उद्यानको जग्गामा अन्य पार्क बनाउने कोशिस नगर्न काँग्रेको चेतावनी

काठमाडौं माघ २७ , नेपाली काँग्रेसले प्रदेशन २ अन्र्तगत विरगञ्जमा “वीपी कोइरालाका नाममा स्थापना गर्न लागिएको वीपी उद्यानको नाम परिवर्तन गर्दै नियोजित रुपमा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा कडा आपत्ति जनाएको छ ।

साथै काँग्रेसले यसअघिपनि हाम्रा स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा रहेका दई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको प्रयास भर्खरै असफल भएको जनाउँदै वीपी उद्यानका लागि छुट्याइएको जग्गामा केन्द्रीय सरकारको रणनीतिअनुसार प्रदेश सरकारले उक्त जग्गा हडपेको आरोप लगाउँदै कांग्रेसले तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

त्यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिामा नेपाली माटोमा लोकतान्त्रिक विचार र संस्कारलाई प्रविष्ट गराउने वीपी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश २ का मुख्यमन्त्रीले गत माघ १६ मा सोहि जग्गामा अर्कै नाममा पार्क निर्माण गर्न शिलान्यास गर्नु दुःखद घोर आपत्तीजनक भएको जिकिर गर्दै वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस माग गरेको छ ।

त्यस्तै काँग्रेस प्रवक्ता शर्माले यो विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै निर्णय तत्काल नसच्याए फेरिपनि संसद र सडकबाट निर्णय उल्टाउन कडा रुपमा उत्रिने चेतावनीसमेत दिएको छ ।

यस्तो छ वीपी उद्यान पर्साको सम्बन्धमा नेपाली कांग्रेसको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ति

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।