बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण हुँने

काठमाडौं माघ २७, आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइनुको साथै  आज राजधानीस्थित हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ ।
यसैक्रममा आज बिहान ८ बजेर २४ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

यस अवसरमा  राष्ट्रपतिलाइ  सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्तिको उपस्थितीमा    हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुको अलावा नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरे परम्परा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।