बिहिबार, बैशाख १३, २०८१

राष्ट्रकवि घिमिरेको महाअभिनन्दन सहित विधागत स्रष्टा र सर्जक सम्मानीत

काठमाडौं माघ २० ,हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानले शनिवार राजधानीमा आयोजित एक कार्यक्रमकावीच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाइ  महाअभिनन्दन  गरिएको छ ।

डा.हर्ष बहादुर बुडामगरको आठौ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानद्दारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाइ यस किसिमको अभिन्नदन सहितको सम्मान गरिएको हो । त्यस्तै सोही कार्यक्रममा प्रतिष्ठानले हर्ष बहादुर बुडामगर स्मृति बिशेष अभिनन्दनबाट प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिलाई सम्मानीत गरिएको छ ।

त्यस्तै हर्ष बहादुर बुडामगर स्मृति बहुआयामिक अभिनन्दन सम्मान डाक्टर मोदनाथ प्रश्रीतलाई प्रदान गरिएको छ भने संगीत रत्न अभिनन्दन शम्भूजित बास्कोटालाई प्रदान गरिएको थियो । त्यस्तै आख्यानविधातर्फ हर्ष बहादुर बुडामगर स्मृति अख्यान अभिनन्दन डा ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ उन्नती बोहराले कला साहित्यलाई थप उजागर र बिकसित गर्न प्रतिष्ठानले काम गर्दे आएको बताउनुभयो । कार्यक्रममा बिभिन्न बिधाका बिज्ञ तथा उत्कृष्ट व्यक्तित्व, समाजसेवीलगायतलाई पनि सम्मान र पुरस्कृत गरिएको  प्रतिष्ठान आवद्ध सक्रिया एवम वरिष्ठ सञ्चारकर्मी अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।