शनिबार, बैशाख ८, २०८१

यसरी पुनर्निर्माण गरिने भएको छ शहरको मुख्य आकर्षणको केन्द्र रानीपोखरी

काठमाडौ फागुन १३ , २०७२ सालको महाभूकम्पका काण क्षतिगस्त ऐतिहासिक महत्व वोकेको रानीपोखरी पुर्न निर्माणको कार्यले विगत ३ वर्ष यता देखि गति पाउँन सकेको छैन । कहिले राजनैतिक खिचखतानी त कहिले कंक्रिट विवाद । यी यस्ता यावत विवादका कारण शहरको मुख्य आकर्षणको केन्द्र रहेको रानीपोखरी पुर्न निर्माणको कार्य गति नपाउँदा जोकोहिको मन चसक्क हुनु स्वाभाविक हो ।

लामो रस्साकस्सी काठमाडौं महानगरपालिकाले बनाउँने निश्चित भएपनि विवादको भुमरीवाट निकास पाउँन नसकेपछि अन्नतत मन्त्रिपरिषद्को गत माघ १४ गतेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिदै गर्दा निर्णयले गति लिने विस्वास गरिएपनि निर्णय भएको एकमहिना वितिसक्दापनि पुर्न निर्माणको कार्य सुरु नहुँदा चिन्तित स्थानीय चिन्त्ति हुनु स्वाभाविक हो ।

यद्यपी तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको सवालमामा प्राधिकरणका पदाधिकारी एवम् सोमवार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की, वरिष्ठ स्ट्रक्चरल इञ्जिनीयर प्रेमनाथ मास्के, पुरुषोत्तम डङ्गोल र पूर्णबहादुर श्रेष्ठ, प्राधिकरणका वरिष्ठ डिभिजनल इञ्जिनीयर धु्रव पौडल र पुरातत्व अधिकृत भीष्म बाँस्कोटा लगायतको उपस्थितीमा भएको बैठकले रानीपोखरीको पुनर्निर्माणको तौरतरिका को टुङ्गो लगाएसंगै आशाको किरण देखिन थालेको छ ।

प्राप्त जानकारी अनसार बैठकले रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइने र त्यहाँको सबै बालुवा निकाली माटो नमिसिने गरी जम्मा गर्दै पुन पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्दै माटोको तह तयार भएपछि करीब दुई फिटको बालुवा राख्ने योजना तय गरेको छ । त्यस्तै पोखरीको डिल निर्माणको क्रममापनि विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार मिलाउँदै पोखरीको डिलको माथिल्लो भागमा ठूलो माअप्पा इँट्टाको पेटी बनाइने भएको छ ।

त्यस्तै पोखरीको डिल र पैदलमार्गको छेउसम्म इँट्टा सोलिङ एवं लाइम कङ्क्रिट र यसपछि ठाडो इँट्टा बिछ्याइने भएकोछ । हालै बनाइएको ढुङ्गाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई पैदलमार्ग तहमा लाइम कङ्क्रिटपछि माअप्पाकै रेलिङ वाल बनाउँने प्राधिकरणको योजना रहेको छ । त्यस्पछि पैदलमार्गमा इँट्टा सोलिङ र लाइम कङ्क्रिट गरी दुई इञ्च बाक्लो कालो ढुङ्गा बिछ्याउँदै पोखरीको सिँढीमा बस्न ढुङ्गाको पेटी राखी बाहिरबाट माअप्पाले मोड्ने, साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फको ढुङ्गाको पेटीमा पनि बाहिरबाट माअप्पाले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीको निर्माण गरिने भएको छ ।

पोखरीको पानीका लागि पूर्वतर्फ बोरिङको व्यवस्था गर्दै आकाशे पानी सङ्कलन गर्ने संयन्त्र निर्माण गर्दै पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्चीको पाइप लाइनसँग जोड्ने ठाउँ पनि खुला राखिने बताइएको छ । साथै रानीपोखरीको मध्यभागमा स्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ‘ड्राई ड्रेस स्टोन वाल’ लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँट्टाहरु प्रयोग गर्दै पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइम र सुर्खी मोर्टार प्रयोग गरिने जनाएको छ । त्यसैगरि पुलको पैदलमार्गमा कालो ढुङ्गाले पेभिङ गर्ने र पुलको दायाँ एवं बायाँतर्फ दचिअप्पा प्रयोग गरीने प्राधिकरणले जनाएको छ । बालगोपालेश्वर मन्दिर प्रताप मल्ल कालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।