बिहिबार, बैशाख १३, २०८१

मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी तथा प्रशिक्षकलाइ पुरस्कृत गरिने

काठमाडौं फागुन २,  गत माघ २५ गतेको मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बडीबिल्डिङका विश्वविजेता, क्रिकेट, सागमा सफलता प्राप्त गर्दै मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी तथा प्रशिक्षकको सम्मानमा पुरस्कारस्वरुप एक करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले मप बैठकले बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको मिलेनियम च्यालेन्च कम्प्याक्ट अनुमोदन गर्नेलगायतका निर्णय गरिएको जानकारी दिनुको अलावा नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाललाइ प्राधिकरणको कावा अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनु भएको छ । साथै बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम निदेृशिकका स्वीकृत गर्नुको साथै नेपाली सेनाका ५ जना सहायकरथीलाइ उपरथीमा पदोन्नती तथा पदस्थापना गरेको जानकारी समेत दिनु भएको छ ।

त्यस्तै बौद्ध प्रवर्द्धन तथा गुम्बा विकास समिति गठन पहिलो संशोधन आदेशलाई स्वीकृति गरेको जानकारी संगै अध्यागमन नियमवली २०५१ को अनुसूची ११ संशोधन, राष्ट्रिय खेलकुद विकास विधेयक संघीय संसदमा पेस गर्ने, लागऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनःस्थापना केन्द्र सन्चालन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।