बिहिबार, चैत्र १५, २०८०

महासङ्घको पोखरा साधारणसभाले नेपाली प्रेस जगतका लागि ऐतिहासिक निर्णय गर्ने

 साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा , पोखरामा पत्रकारहरुको चहलपहल वाक्लियो

काठमाडौं फागुन ८,  नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा हुने दुईदिने साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ महासंघले जनाएको छ । साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले साधारण सभामा भाग लिन देशैभरबाट पत्रकारहरु पोखरा आउँने क्रम समेत सुरु भइसकेको जानकारी दिदै साधारणसभामा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ५०० को सहभागिता रहने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले मुलुकको परिवर्तित संघीय संरचना अनुरुप महासङ्घको विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने बताउँदै परिमार्जित विधानसँगै महासङ्घको सङ्घ, प्रदेश र जिल्लाको अधिवेशन एकै दिन हुने बताउँनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको साधारणसभा नेपाली प्रेस जगतका लागि ऐतिहासिक हुने बताउँदै कास्की जिल्ला शाखाको व्यवस्थापनमा हुन लागेको यो साधारणसभा भव्य र सभ्य बन्ने विश्वास व्यक्त गर्नु भएको छ ।  प्राप्त समाचारमा उल्लेखभए अनुसार विहिवार संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुहुने प्रस्तुत साधारणसभाको औपचारिक सत्रपछि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने छ भने शुक्रवार विहानबाट नितिगत निर्णयका लागि बन्दसत्रको आयोजना गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।