शुक्रबार, चैत्र १६, २०८०

मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेढुङ्गामा दुर्घटना

काठमाडौं फागुन १५, एयर डाइनेष्टीको ताप्लेजुङको दारेढुङ्गामा हेलिकप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सहित ६ जना सवार रहेको बताईएकोछ । टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे ताप्लेजुङ तर्फ  गएको त्यस तर्प गएको बुझिएको छ।

प्राप्त जानकरी अनुार मन्त्री अधिकारी र सहित ६ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका अवलोकनका लागि गएको अवस्थामा ताप्लेजुङको दारेभीरमा भएको दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको जनउदै हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।

यसैवीच हेलिकोप्टर दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको र अरु विवरण आउन बाँकी रहेको जानकारी जनाउँदै प्राप्त समाचारमा प्राप्त शव सवै डढेका कारण पहिचान हुन नसकेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।