शुक्रबार, चैत्र १६, २०८०

भद्रपुरमा बजार अनुगमनको क्रममलाइ प्रभावकारी बनाइने

भद्रपुर फागुन ६, भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने निर्णय गरको छ । बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठसहितको उपस्थितिमा आज नगरपालिकामा भएको छलफलमा उपभोक्ता हित संरक्षणका लागि ७ बुँदे साझा निष्कर्षसहित अघि बढ्ने प्रतिबद्धता समेत जनाइएको छ ।

त्यस्तै बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौति समाधान गर्न सबै सरोकारवालाबीच निरन्तरको छलफल पछि सचेतनाको अभावमा उपभोक्ता ठगिनेक्रम बढेको भन्दै उपभोक्तावादी संस्थासँगको समन्वयनमा उपभोक्ता सचेतना अभियानलाई निरन्तरता दिने समेत छलफलबाट निर्णय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै जिल्ला प्रशासन कार्यालयको विभागीय शाखासँग समन्वय गरी अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउनुका साथै त्यस विषयलाई हेर्ने छुट्टै फोकल पर्सन प्रशासनसँग माग गर्ने निर्णय भएको छ ।

विज्ञसहितको छरितो अनुगमन टोलीले बजार अनुगमन र कारवाहीलाई निरन्तरता सँगै प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको प्रस्तुतछलफलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्मा, प्रहरी निरीक्षक यामकुमार श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भरतबहादुर पुरी, पशु सेवा शाखाका गणेशप्रसाद भट्टराई, कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च झापाका अच्युतराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका चन्द्रप्रसाद मिश्र, भद्रपुर नगरपालिकाका विभा पासवान, राजेन्द्रप्रसाद ढकाल, श्यामप्रसाद गुरागाई लगायतको उपस्थिती रहेको थियो । तस्वीरः गंगा बराल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।