बिहिबार, बैशाख १३, २०८१

भक्तपुर देशको रोल मोडल जिल्लाको रुपमा रुपान्तरण हुने सासंद बस्नेतको दावी

रामचन्द्र प्रजापति / भक्तपुर फागुुन १, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारको समृद्ध मुलुकको अवधारणा वर्ष दिनभित्र भक्तपुरमा हुँदै गरेको विकास निर्माणको कार्यले सम्बोधन गर्ने बताउँनु भएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषी सडक सामुदायीक पहुँच सुधार परियोजना अन्तर्गत सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डु र वडा नं. ४ दधिकोट जोड्ने गोकुलघाट माहादेब खोला पक्की पुलको आज शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री समेत रहेका नेता बस्नेतले यस्तो अभिव्यक्ति दिनु भएको हो ।  साथै उहाँले मुलुक समृद्ध बनाउनको लागि सवै जनप्रतिनिधि, राजनीतिक दल तथा आम नागरिकहरु विकास निर्माणमा एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिदै आगामी पाँच वर्षमा देशको विकसित जिल्लाको रुपमा भक्तपुर जिल्ला हुने दावी गर्नु भएको छ ।

त्यस्तै उहाँले भक्तपुरमा हार्डवेयरको मात्र होइन सफ्टवेरको पनि विकास गर्नुपर्ने बताउँदै भक्तपुरमा १७ वटा पुलहरु निर्माणको प्रकृयामा रहेको जानकारी दिदै ै अरनिको राजमार्ग तथा हनुमन्ते नदी सफाई अभियान नै भक्तपुरको विकासको परिपुरक भएको बताउनुभयो । त्यस्तै सांसद बस्नेतले निर्माण सामग्री सडकमा राखेकै कारण सडक अतिक्रमण भएको जनाउ दिदै पेप्सीकोला सल्लाघारी, पलासे सिपाडोल, बालकुमारी देखि रानीकोट लगायतका धेरै सडकहरु निर्माणको प्रकृयामा रहेनुको अलावा भक्तपुरलाइ गुणस्तरिय शिक्षाका संगै पर्यटन हवका रुपमा विकास गर्नु र आधुनिक तरकारी बजारको विस्तार गर्ने योजना कार्यान्यनको फेजमा रहेको बताउनुभएको छ ।

साथै उहाँले नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाशमान सिं, राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको उपस्थितीमा शुक्रवार मध्यपुर हस्पीटलको पुलबाट अरनिको राजमार्गको दुई महिना र हनुमन्ते नदीको ५१आंंै हप्ताको अवसरमा वाकाथुन झण्डोत्तलन गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रम मनाइने जानकारी समेत दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।