बिहिबार, बैशाख ६, २०८१

बदली र वर्षासंगै उपत्यका आसपासका क्षेत्रस्थित पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुँने

काठमाडौ माघ २६,  पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशैभरको मौसम प्रतिकुल भएको छ । धने लगातारको वर्षाले आज उपत्यका वरिपरिका पहाडमा समेत हिमपात भएको छ । गत विहिवारबाट सुरु भएको बदली र वर्षाले आज पनि निरन्तरतरता पाएको छ । जसका कारण काठमाडौ नजिक रहेका नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि , फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

त्यतै आज मौसम पूर्वानुमान महाशाखाको आफ्नो पछिल्लो विवरणमा काठमाडौमा २१.५ मिलिमिटर वर्षाको रेकर्ड मापन गरेको जनाएको छ । यद्यपी उपत्यकाका अहिले केही स्थानमा मौसम सफा हुने क्रममा रहेको जनाए���ो छ ।

महाशाखाका अनुसार आज काठमाडौको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको बुझिएको छ । साथै महाशाखाले पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले आइतबारदेखि मौसममा सुधार आउने बताएको छ ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेजनाएको छ ।

साथै रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताउँदै आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।  यसैवीच निरन्तर वर्षासँगै आज धुञ्चे त्यस्तै मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा समेत शुक्रबार देखि हिमपात भएका कारण निकै चिसो भएको हाम्रा सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।