बुधबार, बैशाख १२, २०८१

प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रावधान तत्काल सच्याउन सातै प्रदेशमा महासंघको मिसन

यस्तो छ साधारणसभा र विधान अधिवेशनको नारा तय राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानमा आन्दोलन

काठमाडौं माघ २५ , नेपाल पत्रकार महासंघकोले आज उपलब्ध केन्द्रीय समितिको बैठकले विभिन्न प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसदमा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रावधान प्रविष्ट भएको जनाउँदै त्यस्ता प्रवाधानलाइ तत्काल सच्याउन माग गर्दै सात वटै प्रदेशमा माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रेस स्वतन्त्रता मिसन सञ्चालन गर्ने निर्णय गरेको छ । मिसनले सरोकारवाला पक्षबीच व्यापक छलफल तथा अन्तरक्रिया गर्नुका साथै महासंघको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने मूल नारा सहित आगामी फागुन ९ र १० गते पोखरामा सम्पन्न हुने महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्दै आसन्न साधारणसभामा महासंघको नीतिगत, संगठनात्मक र आर्थिक प्रतिवेदनका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत सबै तहका नेतृत्व चयन गर्नेगरी विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने जनाउँदै प्रस्तुत विधान अधिवेशनलाइ सफल बनाउँन सम्वद्ध सवैमा आग्रह समेत गरेको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

त्यस्तै जारी विज्ञप्तिमा महासंघले न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि विभिन्न सञ्चार प्रतिष्ठानहरुमा ध्यानाकर्षणपत्र प्रस्तुत गर्ने कार्य सम्पन्न गरिसकेको जनाउँदै आइतवारबाट मिडिया हाउसहरुको अनुगमन गर्ने र अनुगमनका क्रममा ऐन कार्यान्वयन नगरेको पाइएमा त्यस्ता सञ्चार प्रतिष्ठानमा आन्दोलनका कार्यक्रम तय गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।