शुक्रबार, बैशाख ७, २०८१

प्रतिनिधिसभा बैठक: सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ समयसापेक्ष रहेको मन्त्री बाँस्कोटाको जनाउ

काठमाडौ फागुन १० , प्रतिनिधिसभाको आज बसेको बैठकमा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तुत गर्नु भएका ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

छलफलको क्रममा प्रस्तु विधेयकमाथि साससदहरुले विधेयकको सकारात्मक र नकारात्मक पक्षका विषयमा आ- आफ्नो तर्क प्रस्तुत गर्नु भएको थियो । त्यस क्रममा सांसद नवराज सिलवाल विधेयक समयसापेक्ष रहेको बताउँदै गर्दा सांसद पुष्पा भुसालले प्रस्तुत  विधेयक संविधानको भावनाविपरीत रहेको जनाउ दिनु भएको थियो ।

त्यस्तै विधेयकमा थिको छलफलमा भाग लिदै संसद सदस्यहरु गगन थापा डिला संग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ लगायतले छलफलमा उठाईएको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन । तर, सबैलाई योपनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न नमिल्ने बताउँदै प्रस्तुत विधेयक आफैमा समयसापेक्ष एवम् आवश्यक भएको बताउँनु भएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते बिहान ११ बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031