शुक्रबार, बैशाख ७, २०८१

पूर्व राजा शाहले भने- आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भिर चिन्ताको विषय

काठमाडौं फागुन ७, आज ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाईदै छ । यसै क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहदेवबाट ६९ औं राष्टिय प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शूभकामना सन्देशमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहेको उल्लेख गरिएको छ।

त्यस्तै सन्देशमा पूर्व राजा शाहले हामी र हाम्रा पुर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मुर्तरुप लिन सक्दैन । जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै भएको जिकिर गर्दै देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनुभुति आम नेपालीमा छैन । आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भिर चिन्ताको विषय बनेको उल्लेख गर्नु भएको छ।

त्यस्तै पूर्वराजा शाहले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् । त्यस्तो जनअसहमत कार्यप्रति राज्यको ध्यान जानुपर्ने आफ्नो दृढ धारणा रहेको समेत पूर्वराजा शाहले स्पष्ट पारेका छन्

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031