शुक्रबार, चैत्र १६, २०८०

पिडान गण्डकी प्रदेशको बैठक : व्यवसायी सदस्यको हकहितको लागि नितिगत छलफल

काठमाडौं फागुन ८, नेपाल औषधि थोक व्यवसायी संघ (पिडान)का केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाको उपस्थितीमा गण्डकी प्रदेशको आज सम्पन्न बैठकले औषधी थोक व्यवसायी हकहित एवम् समसामायिक विषयमा नितिगत छलफल गरेको छ ।

त्यस्तै बैठकले व्यवसायी जगतको प्रर्वद्र्धनका लागि नियमक निकाय औषधी व्यवस्था विभागसंगको समन्यवयमा विविध तालिम सञ्चालको लागि केन्द्रीय अध्यक्ष वास्कोटा मार्फत पहलकदमी लिन आग्रह गर्ने निर्णय गरेको बताईएको छ ।

त्यस्तै प्राप्त जानकारी अनुसार प्रदेश अध्यक्ष रुद्ध मल्लको सभापतित्वमा सम्पन्न उक्त बैठकले गण्डकी प्रदेशस्थित व्यवसायिक सदस्यले यो वा त्यो वहानामा सामाना गर्दै आएको यावत समस्या सम्बोधनको लागि समेत पहलकदमी लिने निर्णय गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।