शनिबार, बैशाख ८, २०८१

पश्चिमी वायुको प्रभाव बढ्दो: मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ फागुन १२ मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत औल्याएको हो ।

त्यस्तै महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने क्रमले प्राथमिकता पाएको जनाउँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दो देखिएकाले मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेनुको अलावा आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २५।५ डिग्री र न्युनतम तापक्रम ६।८ डिग्री सेल्सियस रहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।