बिहिबार, चैत्र १५, २०८०

पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि पुन वर्षाको संभावना

काठमाडौं फागुन ५,  मौसम पूर्वानुमान महाशाखाले आगामी सोमवारबाट पुन पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज जारी गरेको ३ दिने मौसम सम्बन्धी पूर्वानुमान अनुसार  महाशाखाका अनुसार सोमबारबाट देशभरीकै मौसम पुन  प्रभावित हुनुको अलावा पश्चिमी वायुकोका कारण देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको संभावना रहेको जनाउँदै सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै मङ्गलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औल्याएको छ । साथै महाशाखाले काठमाडौँका अधिकत तापक्रम २० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।