बिहिबार, बैशाख १३, २०८१

पदिय दुरुपयोग गरी गैर सम्पत्ति आर्जन गर्ने शाखा अधिकृत रिजालविरुद्ध मुद्धा दायर

काठमाडौं फागुन ६ , राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रवक्ता रामेश्वर दङ्गालद्दारा आज जारी विज्ञप्तिमा शाखा अधिृकत रिजालले विभिन्न कार्यालयमा कार्यरत रहँदा आर्जन गरेको रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्ति पदीय मर्यादाको दुरुपयोग गरी अनाधिकृतरुपमा आर्जन गरेको देखिएकाले निज रिजालविरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले मिति २०४०।७।६ देखि २०४१।१।५ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरी मिति २०४१।१।११ मा भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती प्राप्त गरेका निजले मिति २०७४।१।१५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरेको देखिन आएकोले मिति २०४०।७।६ देखी मिति २०७५।०९।३० सम्मको अवधिमा रिजालले तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री¸ श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय¸ अवकास पश्चात सुविधा प्राप्त आय¸ कर्जा लगायतबाट निजले जम्मा रु एक करोड छयानव्बे लाख छयासी हजार पाँचसय नौ आय आर्जन गरेको देखिन्छ । त्यस्तै सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन¸ मोटेल डि वटुवा प्रा।लि। एवँ संजिवनि आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रा।लि। हरुमा लगानी¸ विभिन्न बैंक तथा वितिय संस्था एवँ प्रा लि कम्पनिमा शेयर लगानी¸ शैक्षिक खर्च¸ सुन चाँदी खरिद एवँ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात लगायतमा रु चार करोड चौरानब्बे लाख चौवीस हजार आठसय उन्नाइस खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु तुलनामा रु दुई करोड सन्तानव्बे लाख अठतिस हजार तीनसय दश बराबरको सम्पत्तीको स्रोत खुल्न नसकोे जनाउँदै दुई करोड सन्तानव्बे लाख अड्तीस हजार तीनसय दश निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी गर्न नसकेको जिकिर गरिएको छ ।

साथै निज रामजी रिजालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु निजकी श्रीमती स्वस्थानी रिजाल समेतको नाममा राखेको देखि एको जनाउँदै आयोगले निजकी श्रीमती स्वस्थानी रिजाललाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको जनाएको छ।  यसैवीच आयोगले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले रु दुई लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको अर्को  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।