बुधबार, बैशाख १२, २०८१

पत्तालिनी निमाविलाइ रोटरी न्यूरोड सिटीको शैक्षिक सामाग्री सहयोग

काठमाडौं माघ २१, रोटरीक्लव अफ न्यूरोड सिटी द्दारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गजुरी १ स्थित पत्तालिनी निमाविमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ आइतवार स्टेसनरी ,विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।

क्लवको प्रस्तुत सहयोगबाट विद्यालयका २ सय ४२ जना विधार्थी लाभाम्वित भएको क्लवका जनसम्पर्क अधिकृत रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ । त्यस्तै स्थानीय सुन्दर प्राइमरि स्कुलका विधार्थी एवम् शिक्षकहरुका लागि समेत उपयोगी सामाग्री वितरण गरिएको बताईएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका अध्यक्ष माणिकरत्न शाक्य लगायत क्लवका जिम्मोवार पदाधिकारीको उपस्थित रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।