शनिबार, बैशाख ८, २०८१

नेविसंघको झडपमा प्रहरी हस्तक्षेप, दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते

काठमाडौं फागुन १२,  नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार नेपाल विद्यार्थी संघका दुई समूहबीच भएको झडपमा एक दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन् । नेविसंघको तदर्थ समिति गठनको सवालमा संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीबीच ३२ वर्षे उमेर हदको विषयलाई लिएर सिर्जना हुँदै आएको विवाद आज झडपमा परिणत भएको हो ।

स्मरण रहोस संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेर हद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूहले त्यसको विपक्षमा पार्टी कार्यालयमा प्रर्दशन गर्ने क्रममा दुई विद्यार्थी समूहवीच भएको झडपले उग्ररुप लिएपछि प्रहरीले लाठीचार्ज गर्नु परेको बताईएको छ । त्यस्तै प्रहरीको लाडीचार्जको क्रममा समाचार संकलनका लागि कांग्रेस मुख्यालय पुगेका सञ्चारकर्मी समेत घाइते भएको छ ।

आईतबार काँग्रेस केन्द्रीय कार्यालयमा विहान ११ बजेदेखि सुरु भएको बैंठकमा नेताहरुवीच नेविसंघको तदर्थ समिति र विधान संशोधनमा देखिएको विवाद बारे छलफल भएर पनि कुनै नितीगत सहमति बन्न सकेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।