शनिबार, बैशाख ८, २०८१

नेविसंघका अध्यक्ष महरले दिए राजीनामा ,संघमा नयाँ तदर्थ समिति बनाउँने माउ पार्टीको तयारी

काठमाडौं, माघ २८,  नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आज आफ्नो अध्यक्ष पदबाट राजीनामा दिएका छन् । महर २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि संघको अध्यक्षको जिम्मेवारीमा निर्वाचित भएको थियो । निर्वाचित कार्यसमितिको म्याद गत माघ २ गते समाप्त भइसकेको अवस्थामा माउ पार्टी नेपाली काँग्रेसले दुईपटक गरी पाँच महिना प्रस्तुत कार्य समितिको  समयावधि थप गरेको थियो ।

अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको र सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै सोमबारै उहाँको राजीनामा स्वीकृत गरेको  छ । अध्यक्ष महरको राजीनामासंगै कांग्रेस केन्द्रीय कार्यसमितिमा नेविसंघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।