शुक्रबार, बैशाख ७, २०८१

नेपाली प्रेसमाथि हुने कुनैपनि हस्तक्षेप काङ्ग्रेसलाई किमार्थ स्वीकार्य हुँदैन: सभापति देउवा

पोखरा फागुन १०,  नेपाल प्रेस युनियन कास्कीको ९औं अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सुभारम्भ गर्दै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि वहानामा प्रेसमाथि हुने हस्तक्षेप काङ्ग्रेसलाई किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा सभापति देउवाले वर्तमान सरकार नेपाली प्रेसमाथि अनुदार रहेको पछिल्लो समय सरकारले देखाउँदै आएको घटनाले प्रष्ट पारको जनाउ दिदै प्रेसमाथि सरकारले वोली एक व्यवाहार अनेक को  चरित्र प्रदर्शन  गर्दै आएको आरोप लगाउँनु भएको  छ ।  त्यस अवसरमा सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको रु ३५ हजार ५५५ नगदसहितको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्दय कविर राणा र समिरजंग शाहलाई सम्मान गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको सभापतित्वमा सम्पन्न  कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य कास्की काङ्ग्रेसका सभापति कृष्ण केसी पुरस्कार छनोट समितिका संयोजक एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, पुरस्कृत व्यक्तित्वद्वय कविर राणा र समीरजंग शाह, वरिष्ठ पत्रकार अध्यक्ष हरिहर विरही, लगायतले प्रेस स्वतन्त्रताको पक्षमा असभमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031