बिहिबार, चैत्र १५, २०८०

नेकपा अध्यक्ष प्रचण्डले भने- आफूले जारी गरेको विज्ञप्तिमा प्रस्तुत भावना प्रति अडिग छु

काठमाडौं माघ २४, नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा प्रस्तुत भावना प्रति अडिग रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्दै स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफ्ले विज्ञप्ति जारी गरेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा पछि प्रस्तुत घटनामा परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्यको भावना समेत यसअघि जारी भएको वक्तव्य त्यस्तै गरि प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर जारी गरेको वक्तव्य समेत आफ्ुले जारी गरेको वक्तव्यको स्प्रिटमा नै रहेको बताउँनु भएको उल्लेख गरिएको छ ।

त्यस्तै गरि उहाले बर्तमान सरकार जनपक्षिय कार्य सम्पादनमा लागि परेको प्रष्ट पार्दे केही समयपछिनै यसको परिणात्मक उपलब्धि प्राप्त हुँने बताउँनु भएको छ । साथै पार्टी एकताको सवालमा सोधिएको प्रश्नको जवाफ दिदै उहाँले कार्यदलले रिपोर्ट दिएपछि एकता प्रक्रिया टुङ्ग्निे जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।